Kathmandu Press

संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन : मन्त्री भुसाल

संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन : मन्त्री भुसाल

ललितपुर, कात्तिक १२ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफू प्रतिनिधिसभा सदस्य भएदेखि नै देश र जनताको पक्षमा भूमिका निर्वाह गर्दै आइरहेको बताएकी छन। आज ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्दै आएको बताइन।

'प्रतिनिधिसभा नीति, नियम र कार्यक्रम बनाउने थलो हो, प्रतिनिधिसभामा रहेर मैले आफ्नो राष्ट्रिय भूमिका निर्वाह गरेको छु,' प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार भुसालले भनिन, 'मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र आर्थिक, सामाजिक विकासका एजेण्डालाई पूरा गर्न सधैँभर लागिपर्छु,' उनले भनिन।

Hardik ivf

आफू कुनै विरासतका आधारमा राजनीतिमा नआएको उल्लेख गर्दै उनले लैङ्गिकरूपमा महिला भए पनि कहिल्यै त्यसरूपमा प्रस्तुत नगरेको बताइन। 'मैले ४४ वर्ष ललितपुरको भू–भागमा बिताएको छु,' उनले भनिन, 'राजनीतिक परिवर्तनका साथै राष्ट्र र जनताको निम्ति आफ्नो जीवन यही समर्पित गरेको छु।'

प्रतिनिधिसभा सदस्यका लागि मतदाता सूचीमा नाम भएका व्यक्तिले जुनसकै क्षेत्रबाट पनि उम्मेदवार दिन सक्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै संवैधानिक दायराभन्दा बाहिर गएर अभिव्यक्ति दिने स्वतन्त्रता कसैलाई पनि नभएको बताइन।

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्