Kathmandu Press

सुत्केरीभत्ता ५ हजार रुपैयाँ पुर्‍याउने कांग्रेसकाे प्रतिबद्धता

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरी भत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको हो।
सुत्केरीभत्ता ५ हजार रुपैयाँ पुर्‍याउने कांग्रेसकाे प्रतिबद्धता

काठमाडौं, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सुत्केरीभत्ता ५ हजार रुपैयाँ पुर्‍याउने उल्लेख गरेकाे छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरी भत्ता ५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको हो।

सरकारले चालु आर्थिक वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लामा सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिँदै आएको छ।

सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने, हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा एकल महिला तथा स्वास्थ्य स्वयं सेविकालाई निःशुल्क बिमा गरिने कांग्रेसले जनाइएको छ।

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, कात्तिक १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्