Kathmandu Press

सल चक्कामा बेरिएर घाइते भएकी महिलालाई हेलिकप्टरबाट काठमाडौं लगियो

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको हो।
सल चक्कामा बेरिएर घाइते भएकी महिलालाई हेलिकप्टरबाट काठमाडौं लगियो

तनहुँ, कात्तिक १२ : मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ। 

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको हो। मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरा भाँचिएको थियो। 

भाँचिएको हात जडान हुन सक्ने दमौली अस्पतालका चिकित्सकले बताएपछि घाइते महिलालाई काठमाडौँ लगिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

प्रकाशित मिति: १४:४९ बजे, शनिबार, कात्तिक १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्