Kathmandu Press

चालकलाई कारबाहीबाट १८ लाख राजस्व संकलन

गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए।
चालकलाई कारबाहीबाट १८ लाख राजस्व संकलन

बागलुङ, कात्तिक १२ : बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ।

गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए।

Hardik ivf

कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त अवधिमा ९ सय ७९ मोटरसाइकलबाट ६ लाख ३९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

तीन सय ८५ कार र जीपबाट ३ लाख ८८ हजार, ३ सय ४९ ट्रक तथा टिपरबाट २ लाख ४० हजार, ४ सय ९३ ट्रयाक्टरबाट ३ लाख ४२ हजार, चार सय १९ बसबाट २ लाख ७४ हजार पाँच सय र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको हो।

पछिल्लो तीन महिनाको राजस्व अघिल्लो वर्षको तीन महिनाको तुलनामा झन्डै रु आठ लाखभन्दा बढी हो ।

ट्राफिक प्रहरी प्रमुख केसीले आफूहरुले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोे बताए।

प्रकाशित मिति: ०८:२४ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्