Kathmandu Press

पूर्वी नवलपरासीमा दुईजना मृत फेला 

पूर्वी नवलपरासीमा दुईजना मृत फेला 

कावासोती, कात्तिक ११ : पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन्। 

बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्। 

इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। 

यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १०:४८ बजे, शुक्रबार, कात्तिक ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्