Kathmandu Press

दुई दिनपछि लुक्ला क्षेत्रमा हेलिकप्टर उडान

काठमाडौं, मंसिर २९ : पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन थालेपछि दुई दिनदेखि बन्द भएको हेलिकप्टर सेवा लुक्ला क्षेत्रमा भने सु....

दुई दिनपछि लुक्ला क्षेत्रमा हेलिकप्टर उडान

काठमाडौं, मंसिर २९ : पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन थालेपछि दुई दिनदेखि बन्द भएको हेलिकप्टर सेवा लुक्ला क्षेत्रमा भने सुरू भएको छ।

पूर्वि क्षेत्रको मौषममा केही सुधार आएकाले लुक्ला क्षेत्रमा मात्रै उडान सुरू भएको वायुसेवा सञ्चालन संघका प्रवक्ता योगराज कँडेलले बताए। उनका अनुसार, पाइलटलाई उडान सुरक्षामा ध्यान दिएर उडान गर्न आग्रह गरिएको छ।

पूर्वि क्षेत्रको लुक्लाबाहेक अन्य क्षेत्रमा उडान भएको छैन। अझै केही दिन मौसममा सुधार नआउने सम्भावना देखिएकाले अन्य गन्तव्यमा उडान पूर्ण रुपमा बन्द गरिएको उनले बताए।

मौसमका कारण शुक्रबारदेखि हेलिकप्टर उडान बन्द गरिएको थियो।

प्रकाशित मिति: ११:२२ बजे, आइतबार, मंसिर २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्