Kathmandu Press

पत्रकार कौशल पाण्डेको निधन

उनको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल थियो ।
पत्रकार कौशल पाण्डेको निधन

मकवानपुर, कात्तिक ११ : हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा ४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो ।

उनको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल थियो ।

Hardik ivf

उनको पार्थिव शरीर आजै अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

प्रयास अर्धसाप्ताहिकको प्रकाशक सम्पादक पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्।

 

प्रकाशित मिति: ०७:२९ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्