Kathmandu Press

महोत्तरीको भंगाहामा कर्फ्यू

महोत्तरीको भंगाहामा कर्फ्यू

महोत्तरी, कात्तिक ११ : महोत्तरीको भंगाहा नगरपालिका–८ मा दुई पक्षबीच बिहीबार दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कफ्र्यू लगाइएको छ।
    
जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म बिहीबार अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू लगाइएको हो।

सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, ¥याली, सभा गर्न नपाउने तथा  थप धनजनको क्षति हुन नदिनका लागि कफ्र्यू जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ ।

प्रकाशित मिति: ०७:१६ बजे, शुक्रबार, कात्तिक ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्