Kathmandu Press

सवारी दुर्घटनामा कैलालीमा एक युवकको मृत्य

सवारी दुर्घटनामा कैलालीमा एक युवकको मृत्य
Hardik ivf

कैलाली, कात्तिक १० :  सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उनको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

पूर्वपश्चिम राजमार्ग अन्र्तगत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा  आज पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउदै गरेको सुपप्र ०१—००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते भएकी थिइन्। 

ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको जनाइएको छ। 

प्रकाशित मिति: १९:४१ बजे, बिहीबार, कात्तिक १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्