Kathmandu Press

बालबालिकाले बालगृहमै लगाए भाइटीका

बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन्। बालगृहमा दुई जना बालिका र ६ जना बालक छन्। 
बालबालिकाले बालगृहमै लगाए भाइटीका

तनहुँ, कात्तिक १० : तनहुँको व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन्। तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन्। 

बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन्। बालगृहमा दुई जना बालिका र ६ जना बालक छन्। 

आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ। 

बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए। 

'दुई जना बालिकाले छ जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुशी छन्', उनले भने, 'बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन्।'

बालगृहमा भिमादका चार जना, ऋषिङका दुई जना, व्यासका एक जना र बाराका एक जनाले आश्रय लिइरहेका छन्। त्यसमध्ये पाँच जनाको बुबाआमा छैनन्। यस वर्षको दसैँ भने उनीहरुले आफन्तसँग मनाएका थिए। 'दसैँका बेला बालबालिकालाई आफन्तको घरमा लगेका थियौ, दसैँ उनीहरुले त्यहीँ मनाएँ', घिमिरेले भने। 

विभिन्न सङ्घसंस्था, व्यक्तिको जन्मदिनलगायतमा गरिने सहयोगबाट बालगृह सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, कात्तिक १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्