इरानमा आतङ्कककारी हमलामा परी १३ जनाको मृत्यु
बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला भएको थियो।तेहरान, कात्तिक १० : इरानको दक्षिणी सिराज सहरमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।
बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला भएको थियो। इरानी गृह मन्त्रालयले आतंककारी हमलामा परेर १३ जनाको ज्यान गएको र अरु २१ जना घाइते भएका जनाएको छ।आतङ्ककारीहरुले शक्तिशाली आक्रमण गरेकाले घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेलाई उपचारार्थ अस्पताल राखिएको छ।
आतङ्ककारी हमलामा परी मारिनेमा एकजना महिला र अरु दुई बालबालिका पनि परेका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ। मारिनेमा उनीहरु नै बढी परेका पनि समाचारमा जनाइएको छ। आक्रमणमा तीन जना हमलाकारी रहेका पाइएको छ। तीमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले यसको अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धानबाट यस हमलामा यहाँको ताकफिरी नामको आतङ्ककारी समूह संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।