Kathmandu Press

प्रजातान्त्रिक योद्धा यादवको निधन

पछिल्ला केही वर्षदेखि मधुमेहको समस्याले ग्रस्त यादवको आफ्नै निवासमा निधन भएको हो।
प्रजातान्त्रिक योद्धा यादवको निधन

महोत्तरी, कात्तिक १० : नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ। महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको आज बिहान निधन भएको हो।

पञ्चायती व्यवस्थाका विरुद्ध मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसमा आबद्ध भई उनी प्राजातान्त्रिक आन्दोलनमा सरिक भएका  थिए। पछिल्ला केही वर्षदेखि मधुमेहको समस्याले ग्रस्त यादवको आफ्नै निवासमा निधन भएको हो।
 
उनको निधनमा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आफू विद्यार्थी छँदा यादवकै अभिभावकत्वमा पार्टीमा जोडिएको स्मरण गरे। सभापति यादवले र एमाले जिल्ला अध्यक्ष कालीचन्द्र साहले आज शोक विज्ञप्ति नै प्रशारित गरी स्व यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, कात्तिक १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्