Kathmandu Press

गह्रौँसुर मन्दिरमा आठ लाख भेटी सङ्कलन

गह्रौँसुर मन्दिरमा आठ लाख भेटी सङ्कलन

स्याङ्जा, कात्तिक १० : स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित गह्रौँसुर कालिका मन्दिरमा बडादसैँको अवधिभरमा रु आठ लाख बढी भेटी सङ्कलन भएको  ।

स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा बडादसैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा रु आठ लाख १६ हजार चार सय ६० सङ्कलन भएको गह्रौँसुर धार्मिक एवं पयर्टकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिए।

Hardik ivf

कोषाध्यक्ष गुरुङका अनुसार मन्दिरमा चढाइएको भेटी, पाठाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दान पेटिका, होटल, पसल, सहयोग रसिद शीर्षकमा उक्त भेटी सङ्कलन भएको हो।

बडादसैँको अवधिभर पूजा व्यवस्थापनका लागि रु दुई लाख ७० हजार ८५ खर्च भएको उनले बताए। खर्च कटाएर बचत भएको रु पाँच लाख ४६ हजार तीन सय ७५ रकमले मन्दिरमा पुजारीको पारिश्रमिक, लिफ्टिङ खानेपानी मर्मत, रङ्गरोगनका लागि खर्च गरिने छ । 

तत्कालीन बाइसे÷चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर पाँच सय ५० वर्ष पुरानो मानिन्छ ।

विशेषगरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस, परेवाको बलि दिने गरिन्छ । एकादशी, औँसीबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखरालगायतका स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन्।

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, कात्तिक १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्