स्काउटको देउसी भैलो कार्यक्रम

काठमाडाैं, कात्तिक १० : नेपाल स्काउट,नेसनल ओपन स्काउट क्र्यूले तिहार २०७९ को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान एवम् देउसी भैलो कार्यक्रम बिविध साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न भएको छ ।
कागेश्वरी मनोहरा पालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतित्थ्यतामा तथा क्र्यूका अध्यक्ष महेन्द्रराज घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कागेश्वरी मनोहरा पालिकाकी नगर उपप्रमुख शान्ता थापालगायत पूर्वसभामुख ओनसरी घर्तीलगयातको उपस्थिति थियो ।
नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त रविन दाहाल तथा राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक एवम् स्काउटर हरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित सबैलाई क्र्यूका संस्थापक रोभर लिडर एवम् नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउटिङ अभियान लाई सम्पुर्ण नेपाली हरुको मन र मश्तिष्कमा पुर्याउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने कुरालाई जोड दिए।
कागेश्वरी मनोहरा पालिका वडा नम्बर ७ स्थित बाल गीताञ्जली स्कुलको प्राङ्गणमा सन्चालन भएको उक्त कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की तथा नगर उप प्रमुख शान्ता थापा एवम् नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त दाहालले ज्यू शुभकामना मन्तव्य दिँदै स्काउटिङ अभियान लाई आ–आफ्नो क्षेत्रबाट प्रवर्धन गरिने समेत उद्घोष गरे।

कार्यक्रममा राष्ट्रिय कलाकार घनश्याम गौतम, सुरेश पराजुली, कुमारमणि गजुरेल तथा बिभिन्न विद्यालयबाट सद्भाव नृत्यको लागि आएका स्काउटका विद्यार्थी भाई बहिनिहरु एवम् क्र्यूका रोभर रेन्जर र लिडरहरुको विभिन्न जातजातीहरुको प्रतिनिधिमूलक साँस्कृतिक प्रस्तुती दिएका थिए।

रेन्जर लिडर द्वय एन्जिला सुनुवार र सफला दाहालको संम्योजनमा निर्देशित उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, समाजका लब्धप्रतिष्ठ व्यक्तीहरुको बाक्लो उपस्थितीलाई कलाकार दिपक तामाङको समुहले देउसी भैलो भट्याउने कार्यलाई आकर्षक ढंगले प्रश्तुत गर्दै उपस्थित दर्शकहरुलाई छमछमी नचाएको थियो।
रोभर लिडर प्रशिल प्रधान, क्षितिज थापा,रेन्जर लिडर अनुजा तिमील्सिना एवम् प्रशिक्षक बिजय कार्कीको टोलीले आमन्त्रित अतिथिहरुलाई स्वागत गर्दै आन्तरिक सुरक्षाको ब्यवस्थापनमा सहज भूमिका निर्वाह गरेका थिए भने सुरक्षा कै निमित्त नेपाल प्रहरी र सशास्त्र प्रहरीको पनि बाक्लो उपस्थिती थियो ।













