Kathmandu Press

संस्कृति जोगाउन लिम्बू समुदायको केलाङ नाच

संस्कृति जोगाउन लिम्बू समुदायको केलाङ नाच

मोरङ, कात्तिक ९ : संस्कृति जोगाउँन र प्रचारप्रसार गर्ने उद्देश्यले लिम्बू समुदायले भन्दै आएको बलिहाङ तङनाममा केलाङ नाच्न सुरु गरेका छन् ।

लिम्बू समुदायको संस्कृतिको रुपमा रहेको केलाङ अर्थात च्याब्रुङ नाच दीपावली अर्थात बलिहाङ तङनामको अवसरमा केलाङ सांस्कृतिक समाजद्वारा अहिले पाँचथर सदरमुकाम फिदिमसहित गाउँघरमासमेत गएर केलाङ अर्थात च्याब्रुङ नाच्न थालिएको केलाङ साँस्कृतिक समाजका अध्यक्ष मनकुमार केरुङले बताए । 

लिम्बू जातिको संस्कृति भए पनि सबैखाले कार्यक्रममा झाँक्रीको रुपमा च्याब्रुङ नाचलाई लिइन्छ । लिम्बू सामाजमा पनि च्याबु्रङ नाच्ने परम्परा विस्तारै घट्दै गएको छ । विवाह, घरपैंचो जस्ता अवसरमा खुसी साटासट गर्दै गीतको भाका नाचिने च्याङरुङ नाच अचेल सभासामारोहमा देखाउन थालिएको छ। 

जिल्लामा हुने सभासामारोहमा च्याब्रुङ नाच अनिवार्य रुपमा प्रदर्शन गर्न थालिएको छ । सामग्री जुटाउने, तालिम दिने र यो नाच नाच्ने काममा समाज सक्रियताका साथ लागेको पाइन्छ। च्याबु्रङ नाचका विभिन्न नियम हुन्छन्। केरुङका अनुसार ८४ भन्दा बढी किसिमका नाच हुन्छन्। च्याङरुङ बजाउँदा गीत गाउने गरिन्छ।

गाउँ–गाउँमा यो नाच संस्थागत गर्न समाजको शाखा खुलेका छन् । चतुरेबजार, ओयाम, मेमेङ, प्राङबुङ, चिलिङदिन लगायतका ठाउँमा शाखा छन्। यो अभियानलाई निरन्तरता दिँदै लैजाने केलाङ सांस्कृतिक समाजको लक्ष्य रहेको समाजका अध्यक्ष केरुङ बताउँछन्। 

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, कात्तिक ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्