Kathmandu Press

डेंगु संक्रमणबाट पत्रकार टेक मास्की रानाको निधन

स्याङ्जाको कालिगण्डकी गाउँपालिका-३ बिर्घा स्थायी घर भएका ४८ वर्षीय रानाको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियुमा उपचारका क्रममा निधन भएको हो।
डेंगु संक्रमणबाट पत्रकार टेक मास्की रानाको निधन

बुटवल, कात्तिक ९ : डेंगु संक्रमणका कारण दुई सातअघि अस्पताल भर्ना भएका बुटवलका पत्रकार टेक मास्की रानाको आज (बुधबार) बिहान निधन भएको छ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका-३ बिर्घा स्थायी घर भएका ४८ वर्षीय रानाको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियुमा उपचारका क्रममा निधन भएको हो। उनलाई मिर्गौलामा समस्या हुनुका साथै जन्डिससमेत देखिएको थियो।

Hardik ivf

रुपन्देहीलाई कार्यक्षेत्र बनाएर दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका उनी बुटवलको रेडियो जागरणका समाचार प्रमुख थिए। नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्यसमेत रहेका उनी महासंघ लुम्बिनी प्रदेश सदस्य थिए। आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देही सचिव र उपाध्यक्षको जिम्मेवारीमा रहेर पनि उनले काम गरेका थिए।

उनका सहकर्मीहरुका अनुसार रानाले पत्रकारिताको क्षेत्रमा निष्कलंक र स्वच्छ छवि बनाएका थिए। उनी सरल स्वभाव भएका मिलनसार, सादगी, पेसाप्रति बफादार र लगनशील रहेको पनि उनीहरुले बताए। 

केही वर्षअघि क्यान्सरका कारण उनकी पत्नीको निधन भएको थियो। उनका दुई छोरी र एक छोरासहित तीन छन्। रानाको निधनसँगै उनका सन्तानको पालनपोषण, शिक्षादीक्षामा समस्या र चुनौती देखिएको छ। 

प्रकाशित मिति: १०:४० बजे, बुधबार, कात्तिक ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्