Kathmandu Press

पाकिस्तानमा देशव्यापी रुपमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन

पाकिस्तानमा देशव्यापी रुपमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन

इस्लामावाद, कात्तिक ८ :  पाकिस्तान सरकारले पोलियो खोपका विरुद्धमा देशव्यापी अभियान सञ्चालन गरेको जनाएको छ । सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले पोलियो उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको बताइएको छ।यो एक हप्ता लामो अभियान भएको बताइएको छ । सो अभियान सोमबारबाट सुरु गरिएको हो । सोमबार पाकिस्तानी स्वास्थ्यमन्त्री अब्दुल क्वादिर पटेलले सो अभियानको सुरुआत गरेका हुन्। 

यो अभियानअनुसार पाकिस्तानका पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ ।

यो अभियान पाकिस्तानका दशौँ लाख बालबालिकासम्म पुग्ने मन्त्री क्वादिरले बताए। उनले देशबाट पोलियो उन्मूलन गर्ने यो ठूलो अभियान भएकाले यसका लागि सहयोग गर्न यहाँका सबै अभिभावकलाई आग्रह गरेका छन्। 

यो अभियानमा खैबर पाक्थुन्क्वा प्रान्तका बालबालिकालाई विशेष ध्यान दिइने छ । उनीहरुलाई घरघरैमा पुगेर पनि खोप लगाउन भनिएको छ। पाकिस्तानमा यो वर्ष २० जना बालबालिकामा पोलियोको सङ्क्रमण भेटिएको छ । यहाँको विशेषगरी खैबरका बालबालिकामा बढी मात्रामा पोलियो देखिएको बताइएको छ। 

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, कात्तिक ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्