बुर्किनाफासोको सैनिक शिविरमा हमला, १० सैनिक र १८ आतंककारीको मृत्यु
बुर्किनाफासो, कात्तिक ८ : बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन्।
बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो। उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरुले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।
यहाँको सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा सोमबार ठूलो सङ्ख्याका आतङ्ककारीहरु आएर सो शिविरमा हमला गरेका थिए । सो हमलामा परेर यहाँका ५० जना सैनिक पनि घाइते भएका बताइएको छ।
सो विज्ञप्तिमा आतङ्ककारीहरु पनि मारिएको बताइएको छ । सो शिविरमा भएको हमलामा परेर मारिएका १८ जना सेनाको शव भेटिएको बताइएको छ।सैनिकले गरेको प्रतिकारका क्रममा अरु कैयौँ आतङ्ककारी पनि घाइते भएका बताइएको छ । बुर्किनाफासोमा सन् २०१५ देखि शान्ति सुरक्षाको अवस्था खस्किँदो छ।
यहाँ आतंककारीहरुले यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने क्रम जारी नै छ । यसबाट सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम झनै बढेको छ। यो अफ्रिकी देशमा सुरु भएको यस हिंसामा परेर अरु हजारौँ मानिस विस्थापित भएका छन्।