अफगानिस्तानको बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए
फैजाबाद, कात्तिक ७ : अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरेको सुरक्षा कारबाहीमा परीे ३८ विद्रोही मारिएका छन् ।
यस कारबाहीमा अन्य ७८ जना पक्राउ परेका सूचना र संस्कृति विभागका प्रान्तीय प्रमुख कारी माजुद्दिन अहमदीले सोमबार बताएका छन् ।
गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारबाहीको क्रममा ३८ सशस्त्र विद्रोही मारिएका र ७८ जना पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिएका छन् ।
उक्त कारबाहीमा सुरक्षाबलका तीन सदस्यको मृत्यु भएको र पाँच जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् । यसैबीच विद्रोहीका दुई कमाण्डर बाहरुदिन र अब्दुल हमिद मारिएका राज्य सञ्चालित बख्तर समाचार समिति जनाएको छ।
प्रकाशित मिति: १७:४४ बजे, सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१