Kathmandu Press

इटालीकी नवनियुक्त प्रधानमन्त्रीद्वारा एकतामा जोड

देशमा राजनीतिकलगायत समस्या उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको शपथ लिएसँगै सो आग्रह गरेकी हुन्।
इटालीकी नवनियुक्त प्रधानमन्त्रीद्वारा एकतामा जोड

रोम, कात्तिक ७ : इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छन्। देशमा राजनीतिकलगायत समस्या उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको शपथ लिएसँगै सो आग्रह गरेकी हुन्।

उनले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा शपथ लिएकी थिइन्। उनलाई यहाँका पूर्वप्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गरेका थिए। सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनी त्यसअघि गभर्नर थिए। उनी केही समयदेखि कामचलाउ प्रधानमन्त्रीका रुपमा थिए।

Hardik ivf

मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशत मात्र मत प्राप्त गरेकी थिइन्। तर पनि उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्वप्रधानमन्त्री दाग्रीले आग्रह गरेका हुन्।

उनले हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाएका छन् र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गरेका छन्। उनले आइतबार टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौं राजनीतिक समस्या रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्