Kathmandu Press

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

कैलाली, कात्तिक ७ : कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ ।

कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ बर्षिया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए। 

उहाँका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्नगई तानेर लगेकाले बिनाको मृत्यु भएको हो।

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्