Kathmandu Press

सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति

स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो छात्रवृत्ति प्रदान गरिएको हो ।
सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं, कात्तिक ६ : आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो छात्रवृत्ति प्रदान गरिएको हो ।

Hardik ivf

जसमध्ये कलेजका ३०, ३१ र ३२ औँ ब्याचका विद्यार्थीहरू रहेको प्रमुख प्रमोद पौडेलले बताए ।

छात्रवृत्ति पाउने विद्यार्थीमध्ये ६ जनाले सतप्रतिशत, १२ जनाले ५० प्रतिशत र ७४ जनाले २५ प्रतिशत छात्रवृत्ति पाएका हुन् । कलेजले कुल २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको पौडेलले जानकारी दिए ।

विद्यार्थीको शैक्षिक स्तर र उपस्थितीको आधारमा उक्त छात्रवृत्ति प्रदान गरिएको उनी बताउँछन् । 

प्रकाशित मिति: १९:२४ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्