Kathmandu Press

प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्यमा सुधार

प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्यमा सुधार

काठमाडाैं, कात्तिक ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएकाे छ।

गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सीताको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको हाे।

अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ।

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, कात्तिक ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्