सिंगापुरमा एकै दिनमा ६ हजारभन्दा बढी कोभिड-१९ का नयाँ सङ्क्रमित
यसैसँगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या २० लाख ५९ हजार ७ सय ९ जना पुगेका छन्।
सिंगापुर, कात्तिक ६ : सिंगापुरमा शनिबार कोभिड–१९ का छ हजार ३ सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन्।
यसैसँगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या २० लाख ५९ हजार ७ सय ९ जना पुगेका छन्।
कोरोनाका यी सङ्क्रमित ५ हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ। हाल यहाँ कुल छ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन्।
सघन उपचार केन्द्रमा १६ जना रहेका छन्, यद्यपि शनिबार कोभिड १९ बाट कसैको पनि मृत्यु भने भएको छैन। सिंगापुरमा कोरोना सुरु भएबाट हालसम्म १ हजार ६ सय ६० जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १७:१२ बजे, आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












