Kathmandu Press

कात्तिक  ९ मा गोदावरी साइक्लोथोन

साइक्लोथोनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त स्वदेशी तथा विदेशी ३०० साइकल यात्रीहरुको सहभागीता हुने गोदावरी वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिए।
कात्तिक  ९ मा गोदावरी साइक्लोथोन

ललितपुर, कात्तिक ६ : ललितपुरको गोदावरी नगरपालिकामा कात्तिक  ९ मा गोदावरी साइक्लोथोन २०२२ आयोजना हुने भएको छ।

आयोजक गोदावरी वाणिज्य संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगरभित्र रहेका सुन्दर मनोरम, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रवर्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न साइक्लोथोन आयोजना गरेको जनाएको हो।

साइक्लोथोनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त स्वदेशी तथा विदेशी ३०० साइकल यात्रीहरुको सहभागीता हुने गोदावरी वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिए।

गोदावरी नगरपालिकाबाट सुरु हुने साइक्लोथोन ठेचो, चापागाउँ, देवीचौर, टिकाभैरवलगायतका स्थानको परिक्रमा गरि पुन नगरपालिकामा आएर समापन हुने उनले बताए।

साइक्लोथोनका लागि बिभिन्न सुरक्षा निकायको सहयोग रहने र आवश्यक स्वास्थ्यउपचारको पनि उचित प्रबन्ध गरिएको संघले जनाएको छ। 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, कात्तिक ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्