Kathmandu Press

भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला

बर्सेनि तिहारको अवसरमा आयोजना हुँदै आएको मेला यस वर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको हो।
भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला

काठमाडाैं, कात्तिक ६ : तिहारका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ।

बर्सेनि तिहारको अवसरमा आयोजना हुँदै आएको मेला यस वर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको हो।

मेलामा ५० भन्दा बढि प्रकारका रोटी राखिएको थियो। विभिन्न समुदायमा बनाउने रोटीका परिकारहरु मेलामा राखिएको मेला आयोजक टिकापुरका खर्क बहादुर शाहले जानकारी दिए।

नेपाली चाडपर्वमा रोटीको महत्व हुने भएकाले मेलाको आयोजना गरिएको उनले बताए। 

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, कात्तिक ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्