थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडाैं, कात्तिक ६ : नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ४ सय ४५ पिसिआर परिक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप ५९ संक्रमित कोरोनामुक्त भएका छन्। आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।
हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:४८ बजे, आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












