Kathmandu Press

ट्याक्टर दुर्घटनाका मृतकको पहिचान

ट्याक्टर दुर्घटनाका मृतकको पहिचान
Hardik ivf

दार्चुला, कात्तिक ६ : दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
 
सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नं को ट्याक्टर शनिबार साँझ  दुर्घटना भएको हो । ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

दुर्घटना परी मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का अन्दाजी ४५ वार्षीय  ट्र्याक्टर चालक  पन्चु राना र सोही ट्र्याक्टरमा सवार शैल्यशिखर–५ का सन्तोषसिंह डागा रहेका छन्। त्यस्तै घाइते हुनेमा शैल्यशिखर–५ का २७ वर्षीय श्यामसिंह डागा र सोही ठाउँका २८ वर्षीय सुुरेश डागा रहेका छन् ।
 
घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने मृतकको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्