Kathmandu Press

ट्याक्टर दुर्घटनाका मृतकको पहिचान

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नं को ट्याक्टर शनिबार साँझ  दुर्घटना भएको हो।
ट्याक्टर दुर्घटनाका मृतकको पहिचान

दार्चुला, कात्तिक ६ : दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
 
सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नं को ट्याक्टर शनिबार साँझ  दुर्घटना भएको हो।

ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

Hardik ivf

दुर्घटना परी मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का अन्दाजी ४५ वार्षीय  ट्र्याक्टर चालक  पन्चु राना र सोही ट्र्याक्टरमा सवार शैल्यशिखर–५ का सन्तोषसिंह डागा रहेका छन्।

त्यस्तै घाइते हुनेमा शैल्यशिखर–५ का २७ वर्षीय श्यामसिंह डागा र सोही ठाउँका २८ वर्षीय सुुरेश डागा रहेका छन्।
 
घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने मृतकको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:२७ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्