दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
दार्चुला, कात्तिक ६: दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नम्बरको ट्रयाक्टर गयराति दुर्घटना भएको हो। ट्रयाक्टर सडकबाट करीब एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
ट्रयाक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। उनका अनुसार चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ।
घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन।
प्रकाशित मिति: ०६:३६ बजे, आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
