Kathmandu Press

युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै

युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै

कीभ, कात्तिक ५ : रूसी आक्रमणका कारण उत्पादनमा असर परेपछि युक्रेनका केही भागमा विद्युत्को प्रयोग २० प्रतिशतसम्म घटिरहेको राष्ट्रिय ऊर्जा सञ्चालक युक्रेनेर्गोले शनिबार एएफपीलाई बताएको छ ।

'हामी नागरिक र व्यवसायहरू दुबैप्रति आभारी छौं । नागरिकले घरमा आफ्नो विद्युत खपत कम गरेका छन् र उद्योग, फर्म तथा कार्यालयहरूले आफ्नो कार्यालय र कार्यस्थलमा यस्तै गरिरहेका छन् । हामीले विभिन्न क्षेत्रमा बचत देख्छौं र विभिन्न दिनमा स्वेच्छिक उपभोगमा कमीको स्तर औसतमा पाँच देखि २० प्रतिशतसम्म हुन्छ,' युक्रेनका प्रमुख भोलोडिमिर कुद्रित्स्कीले एएफपीसँगको लिखित प्रतिक्रियामा उल्लेख गरे।

युक्रेनको ऊर्जा प्रणालीका लागि यी ‘महत्वपूर्ण मात्रा’ भए तापनि ती क्षेत्रहरूका लागि पर्याप्त थिएनन् जहाँ पूर्वाधारले ‘सबैभन्दा बढी क्षति बेहोरेको’ थियो । त्यसैले युक्रेनी ती क्षेत्रले ‘जबरजस्ती प्रतिबन्धहरू’को सहारा लिनुपरेको छ ।

Hardik ivf

रुसी सेनाले हालैका दिनहरूमा विशेष गरी युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू गरेको छ, जसमा शनिबार बिहान देशभरि पछिल्लो आक्रमणहरू भएका छन् ।

कुद्रित्स्कीले अक्टोबर १० र १२ मा भएको आक्रमण ‘युरोपेली इतिहासको ऊर्जा प्रणालीमाथिको सबैभन्दा ठूलो आक्रमण’ भएको बताए।

क्रिमियन प्रायद्वीपलाई रुससँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पुर्‍याएको विस्फोटको प्रतिशोधस्वरूप रूसी सेनाले अक्टोबर १० मा युक्रेनका विभिन्न शहरमा ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको कीभले जनाएको छ।

कुद्रित्स्कीले भने, 'शत्रुको एउटै लक्ष्य जनतामा त्रास छर्ने, ऊर्जा कर्मीहरूलाई तर्साउने, ऊर्जा प्रणालीलाई सङ्कटको स्थितिमा ल्याउने रहेको छ।'

उनले आक्रमणपछि युक्रेनले करिब एक हजार विशेषज्ञहरूको साथ ७० मरम्मत समूहहरू स्थापना गरेको बताए।

उनले भने, 'गोलाबारीपछि भएको क्षतिको मात्राका आधारमा कतिथपय स्थानमा केही घण्टादेखि एक दिनको अवधिमा विद्युत् आपूर्ति सुचारु गर्न सम्भव छ।'

प्रकाशित मिति: २०:३४ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्