Kathmandu Press

कविताको शाश्वत मूल्यका पछि लाग्नुपर्छ : सरुभक्त

कविताको शाश्वत मूल्यका पछि लाग्नुपर्छ : सरुभक्त

काठमाडाैं, कात्तिक ५ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिठानका पूर्वकुलपति सरुभक्तले कविताको शाश्वत पक्षका पछि लाग्नुपर्ने बताएका छन। कस्केली अधिकृत समाजद्वारा आज पोखरामा आयोजित रचना वाचन कार्यक्रममा उनले कविताको वास्तविक मूल्य नै शाश्वत मूल्य भएको बताए।

नेपालमा साहित्यकारहरू समाज र राष्ट्रका लागि सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ क्रियाशील बनिरहेको बताउँदै उनले साहित्य तथा वाङ्मयको सेवामा अधिकृतहरूले आ–आफ्ना तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले साहित्य आफैँमा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसले सेवा निवृत्त जीवनलाई सिर्जनात्मक बनाउने बताए।

कार्यक्रम संयोजक वसन्त चालिसेले समाजले अन्य विभिन्न गतिविधिसँगै रचना वाचनका माध्यमबाट साहित्यिक गतिविधि बढाएको बताए।

कार्यक्रममा समाजका सल्लाहकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य नेपालका गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, सल्लाहकार शिवप्रसाद पराजुली, शिवहरि शर्मा, देवेन्द्र केसी (देबु), गण्डकी साहित्य सङ्गमका सचिव भीमबहादुर रानाभाट (ज्यालादारी), गण्डकी वाङ्मय समाजका अध्यक्ष डा कृष्णराज अधिकारी, चन्द्रवती वाग्लेलगायतले कविता, कथा, मुक्तकलगायतका रचना वाचन गरेका थिए।

प्रकाशित मिति: १९:२९ बजे, शनिबार, कात्तिक ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्