राष्ट्रपति सी तेस्रो कार्यकालका लागि महासचिवमा चयन
सर्वोच्च नेता सीलाई महासचिवमा चयन गर्दै महाधिवेशन शनिबार सम्पन्न भएको छ। सीको नेतृत्वमा रहेको 'मूल स्थिति' लाई समर्थनसहित पारित गरेसँगै उनी महासिचव भएका हुन्। महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ।काठमाडौं, कात्तिक ५ : चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पुनः महासचिवमा चयन भएकाे छ।
सर्वोच्च नेता सीलाई महासचिवमा चयन गर्दै महाधिवेशन शनिबार सम्पन्न भएको छ। सीको नेतृत्वमा रहेको 'मूल स्थिति' लाई समर्थनसहित पारित गरेसँगै उनी महासिचव भएका हुन्। महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ।
१६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनमा सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गरेका छन्।
महाधिवेशनमा ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । उक्त विचारधारालाई सिपिसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो। यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने बताएका छन्।
अवकाश पाउनेमा नेतामा यसअघि पोलिटब्युरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन्।