Kathmandu Press

तिहार पर्व सुरु, आज धनतेरस पर्व मनाइँदै, कागतिहार भाेलि

शनिबार दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लागेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
तिहार पर्व सुरु, आज धनतेरस पर्व मनाइँदै, कागतिहार भाेलि

काठमाडाैं, कात्तिक ५ : यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु भएको छ।

शनिबार दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लागेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

तिहार शनिबारबाट सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ। यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ।

धनतेरसका दिन धातुका सामान किने शुभ हुने विश्वास रहिआएको छ। धन्तेरसका दिन किनेको सुन, चाँदी र तामाका सामानहरुलाई लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने चलन रही आएको छ। लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ।

धन्तेरसका दिन जोडेको सामान लक्ष्मीपूजाका दिन पुज्ने र धनवृद्धि हुने विश्वास रहेको छ। बजारमा सामान किन्नेहरुको भीडसँगै दीपावलीको रौनकता बढेको छ।

देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ। धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रुपमा लिने गरेका छन्।

प्रकाशित मिति: १६:०३ बजे, शनिबार, कात्तिक ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्