पर्वतको कुश्मामा ‘ए’ प्लस ल्याई एसइई उत्तीर्णलाई मासिक २००० भत्ता
विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ।
पर्वत, कात्तिक ५ : पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता दिन थालिएको छ।
विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ। यसबाट विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नुका साथै विपन्न परि।वारका बालबालिकालाई आर्थिक टेवासमेत मिल्ने बताइएको छ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने क्रममा उक्त व्यवस्था गरिएको हो। नगरसभाले उक्त कार्यक्रम पारित गरेको थियो। सोहीअनुरूप चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएर बजेट व्यवस्थापन गरिएको थियो।
भत्ता कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाको भनाइ छ। नगरपालिकाका अनुसार कक्षा ११ मा फेल भए भत्ता कटौती हुनेगरी कार्यविधि बनाइएको नगरपालिकाका अनुसार छ।











