Kathmandu Press

राष्ट्रसंघ दिवसका अवसरमा सेनाकाे विशेष कार्यक्रम

सेनाले त्यसक्रममा सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च-पास्ट, झाँकी, जुम्बा र व्यान्ड प्रदर्शन प्रस्तुत गर्‍यो।
राष्ट्रसंघ दिवसका अवसरमा सेनाकाे विशेष कार्यक्रम

काठमाडाैं, कात्तिक ५ : नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज  विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
 
सेनाले त्यसक्रममा सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च-पास्ट, झाँकी, जुम्बा र व्यान्ड प्रदर्शन प्रस्तुत गर्‍यो। त्यस अवसरमा काठमाडौँ उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय/विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो। 

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यस अवसरमा पाँच किमी वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो। 

Hardik ivf

कार्यक्रमा पूर्वप्रधानसेनापति, रक्षा सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो। 

‘युएन डे’ का अवसरमा सेनाले आइतबार सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा भावी सवल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दैछ।

उक्त कार्यक्रमले विश्वशान्ति स्थापना कार्यमा सेनाको कटिबद्धता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा उजागर हुने सेनाले विश्वास लिएको छ। राष्ट्र सङ्घको स्थापना सन् १९४५ अक्टोबरमा भएको हो।

प्रकाशित मिति: १२:५० बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्