Kathmandu Press

साहित्यकार सीमा आभास र मनु विश्वकर्मा विराटनगरमा पुरस्कृति

समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गर्दै साहित्यकार सीमा आभासलाई रु २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र मनु विश्वकर्मालाई रु २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कार प्रदान गरेको हो।
साहित्यकार सीमा आभास र मनु विश्वकर्मा विराटनगरमा पुरस्कृति

मोरङ, कात्तिक ५ : मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पु¥याएबापत साहित्यकारद्वय सीमा आभास र मनु विश्वकर्मालाई पुरस्कृति गरेकोछ।

समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गर्दै साहित्यकार सीमा आभासलाई रु २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’  र मनु विश्वकर्मालाई रु २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कार प्रदान गरेको हो।

विराटनगर महानगरपालिकाका प्रमुख  नागेश कोइरालाले पुरस्कार वितरण गर्दै नगरले भौतिक संरचनाको विकासलाई भाषा, साहित्य र कलासँग जोड्न सके दिगो विकास हुने बताउनुभयो ।

समारोहमा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले साहित्य एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्कने धारणा राखे।

कार्यक्रममा अन्य विभिन्न श्रष्टालाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: ११:१७ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्