Kathmandu Press

मकवानपुरमा मलामी बोकेको अटो दुर्घटना, एकजनाको मृत्यु

शुक्रबार राति बागमती–५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किँला बागमती–८ का रामबहादुर गोलेको मृत्यु भएको छ।
मकवानपुरमा मलामी बोकेको अटो दुर्घटना, एकजनाको मृत्यु

मकवानपुर, कात्तिक ५ : मकवानपुरको बागमती गाउँपालिकामा मलामी बोकेको अटो दुर्घटना भएको छ ।

मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा तीन जना घाइते भएका छन्।

Hardik ivf

शुक्रबार राति बागमती–५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किँला बागमती–८ का रामबहादुर गोलेको मृत्यु भएको छ।

दुर्घटनामा अटो चालक बागमती–८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् ।

घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाको  चुरेहिल अस्पतालमा उपचार भइहेको छ।

प्रकाशित मिति: ११:०० बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्