Kathmandu Press

सुर्खेतमा राति ७ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध रहेको छ ।
सुर्खेतमा राति ७ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

सुर्खेत, कात्तिक ५ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध रहेको छ ।

Hardik ivf

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ । दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।

प्रशासनले उक्त कार्य नगर्न अनुरोधसमेत गरेको र यदि कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरु गरे वा गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रकाशित मिति: १०:०० बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्