Kathmandu Press

कोशीपारिको विकासको जिम्मा गठबन्धनले लिनेछ : नेता हुँमागाई

उनले विकासका पूर्वाधारको जग बसालिसकेको हुनाले अन्य आवश्यक विकास योजना अब बन्ने सरकारले जिम्मा लिने बताएका हुन्।
कोशीपारिको विकासको जिम्मा गठबन्धनले लिनेछ : नेता हुँमागाई

काभ्रे, कात्तिक ४ : प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शिव प्रसाद हुँमागाईले कोशीपारिको समग्र विकासको जिम्मा बामलोकतान्त्रिक गठबन्धनको सरकारले लिने बताएका छन्।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ४ स्थित चौवासमा आज आयोजित ‘शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले विकासका पूर्वाधारको जग बसालिसकेको हुनाले अन्य आवश्यक विकास योजना अब बन्ने सरकारले जिम्मा लिने बताएका हुन्।

Hardik ivf

चौबासमा पर्यटकीयस्थलको विकास गर्न धेरै अगाडि कल्पना गरेको भएपनि मोटरबाटो, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका पूर्वाधार नबेनका कारण विकास हुन नसकेको उनले बताए। उनले भने, 'अब आवश्यक थप पूर्वाधार निर्माण गर्नेदेखि विकासको लागि बाम लोकतान्त्रिक गठबन्धनले जिम्मा लिन्छ, पाँच बर्षका कार्यकालमा यो क्षेत्र काभ्रेको उत्कृष्ट पर्यटकीय केन्द्र बन्नका लागि सबै प्रकारको भौतिक पूर्वाधार निर्माण हुनेछ ।’

यसै क्रममा उनले व्यवस्था परिवर्तन गरेपनि जनताको अवस्था परिवर्तन नभएकाे भन्दै अबकाे परिवर्तनकाे लागि गठबन्धन दललाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गरे। ‘गाउँमा कुनै पेशा व्यवसाय नभएको कारण युवाहरु विदेशीन बाध्य भएकोले अब गाउँमा नै बसेर आर्थिक उपार्जन गर्ने अवस्थाको सिर्जना गठबन्धन सरकारले गर्नेछ’ उनले भने।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा १ का साझा उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण लम्साल, नेकपा (माओवादी केन्द्र)का नेता तेजबहादुर मिजार लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: २०:५८ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्