बम विस्फोटमा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु
काबुल, कात्तिक ४ : पश्चिमी बाघिस प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेको अनफोडेड अर्डनन्सको विस्फोटका कारण तीन बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ ।
स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजे मुकार जिल्लाको नवावाद क्षेत्रमा केही बालबालिकाले फोहोर जम्मा गर्ने क्रममा खेलौना जस्तो यन्त्र फेला पारेको रत्योसँग खेल्दा विस्फोट भई तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
काला-ए-नाउ अस्पतालका अजमल आतेफ नामका डाक्टरले शुक्रबार बिहान भएको विस्फोटमा आठदेखि १२ वर्षसम्मका तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्।
केही दिनअघि छिमेकी फराह प्रान्तमा पनि यस्तै विस्फोटमा परी एक बालकको मृत्यु भएको थियो ।
अफगानिस्तानलाई विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । यस किसिमका विस्फोटले देशमा हरेक महिना दर्जनौंको ज्यान जाने गरेको छ ।
प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१