Kathmandu Press

कम्बोडियामा अप्रिलबाट कोभिड १९ को शून्य मृत्यु : प्रधानमन्त्री

उनले प्रख्यात अङ्कोर पुरातात्विक निकुञ्जबाट आफ्ना गैरकानुनी भवनहरू सार्न सहमत भएका हजारौं परिवारको भ्रमणका क्रममा गरेकाे सम्बोधनमा सो कुरा बताएका हुन्।
कम्बोडियामा अप्रिलबाट कोभिड १९ को शून्य मृत्यु : प्रधानमन्त्री

सिमरीप (कम्बोडिया), कात्तिक ४ :  कम्बोडियामा अप्रिलदेखि हालसम्म कोभिड–१९ सङ्क्रमणबाट कसैको मृत्यु नभएको प्रधानमन्त्री सम्देच टेको हुनसेनले शुक्रबार बताएका छन्। ‘यो एक सफलता हो र  कोभिडविरुद्धको लडाइँमा हाम्रो संयुक्त प्रयासको परिणाम हो,’ उनले भनेका छन्।    

उनले प्रख्यात अङ्कोर पुरातात्विक निकुञ्जबाट आफ्ना गैरकानुनी भवनहरू सार्न सहमत भएका हजारौं परिवारको भ्रमणका क्रममा गरेकाे सम्बोधनमा सो कुरा बताएका हुन्।

दक्षिणपूर्वी एसियाली यस राष्ट्रमा जुनको अन्त्यदेखि दैनिक केसहरू फेला परेका भए तापनि शुक्रबार पहिलो पटक कोभिड १९ सङ्क्रमित शून्य भएको जनाइएको छ। ‘आज, कम्बोडियामा कोभिड १९ सङ्क्रमित एक जना पनि फेला परेन,’ हुनसेनले बताएका छन्।

यद्यपि अझै कोभिड–१९ बाट मुक्त नभएको र यहाँ अझै ५३ सक्रिय सङक्रमित रहेका कम्बोडियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नोमपेन्हमा रहेको एशियन भिजन इन्स्टिच्युटका अधिकारी थोङ मेङडाभिडले महामारीको लडाइमा सफलताको श्रेय राज्यको बलियो नेतृत्व र उच्च खोप दरलाई दिइएको बताए।

प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, कात्तिक ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्