Kathmandu Press

रेडक्रसलाई एम्बुलेन्स सहयोग

रेडक्रसलाई एम्बुलेन्स सहयोग
Hardik ivf

रामपुर, कात्तिक ४ : नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ। 

रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स उपलब्ध गराइएको हो । 

नगरवासीको सेवासुविधाका लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रसको ४० प्रतिशत लगानीमा एम्बुलेन्स खरिद गरिएको छ । नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरवासीको हितमा एम्बुलेन्स सञ्चालन गरिने बताउँदै विपत्मा परेका तथा बिरामीलाई सहजरुपमा अस्पतालसम्म पु¥याउन सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिइएको बताए। 
    
रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रस र नगरपालिकाको साझेदारीमा खरिद गरिएको एम्बुलेन्सले दुर्गममा बसोबास गर्ने नागरिकलाई स्वास्थ्योपचारमा सहज सेवा दिने बताए। 
       
गत आर्थिक वर्षको बजेटमा नगरपालिकाले नगरवासीको सेवा र सहयोगका लागि रेडक्रसलाई एक एम्बुलेन्स दिने गरी बजेट विनियोजन गरेको थियो । पाल्पामा अहिलेसम्मकै उच्चस्तरीय, उच्च प्रविधि जडान भएको एम्बुलेन्स रेडक्रसले सञ्चालनमा ल्याएको छ।  

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्