Kathmandu Press

ड्रोन प्रयोगको तालिम दिन इरानी सैनिक क्राइमियामा

रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन तेहरानबाट सहयोग लिएको अमेरिकाले आरोप पनि लगाएको छ।
ड्रोन प्रयोगको तालिम दिन इरानी सैनिक क्राइमियामा

वासिङटन, कात्तिक ४ : इरानले रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्राइमिया पठाएको अमेरिकाले जनाएको छ।

रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन तेहरानबाट सहयोग लिएको अमेरिकाले आरोप पनि लगाएको छ। रूसी सेनाका केही कर्मचारी तालिमका निम्ति क्राइमियामा रहेका राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन्। 

इरानमा निर्मित ड्रोन युक्रेनभर आक्रमणमा प्रयोग गर्न रूसी सेनाका जवानलाई सिकाउन इरानी सेनाका अधिकारी क्राइमिया सक्रिय भएका तथा किएभविरूद्ध इरानको संलग्नताले तेहरान रूस–युक्रेन द्वन्द्वमा प्रत्यक्षरूपमा सक्रिय रहेको पुष्टि हुने उनले बताए।

इरानी सैन्य कर्मचारी क्रिमियाको भूमिमा पुगेका तथा ड्रोन आक्रमणमा रूसी सेनालाई सघाएका बताउँदै उनले मस्कोले ड्रोन प्राप्त गरिसकेको जनाएका छन्। इरानबाट  भविष्यमा थप ढुवानी हुने पनि उनले बताए। 

ड्रोनको प्रयोग नजानेका  रूसी सेनालाई सघाएर तेहरानले अमेरिकासँगको आणविक सम्झौता वार्तालाई अनिश्चितातर्फ धकेलेको छ।

रूसी सेनासँगको उसको बढ्दो सम्बन्धलाई पनि वासिङटनले अस्वाभाविकरूपमा लिएको छ। गत सेप्टेम्बरमा अनुपयुक्त पोशाकका कारण पक्राउ परेकी एक महिलाको मृत्यु भएपछि विरोधप्रदशर्नमा उत्रिएका आफ्ना नागरिकप्रति  इरान सरकार निर्मम बनेको छ। 

प्रकाशित मिति: १५:२५ बजे, शुक्रबार, कात्तिक ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्