Kathmandu Press

दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ करोड

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको  सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ।
दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ करोड

काठमाडाैं, कात्तिक ४ : आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको  सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव नौ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको छ।

जिङ्क शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ।

त्यसैगरी पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस. ब्लेटलगायत वस्तुको आयात घटेको छ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानीबाहेक अन्य प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। 

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्