Kathmandu Press

नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकाको ज्यान गयो

सुरक्षा अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाका मारिएका हुन्।
नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकाको ज्यान गयो

काठमाडाैं, कात्तिक ४ : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ।

यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन्। ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाका मारिएका हुन्।

Hardik ivf

नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकाहरूमाथि सो कारबाही गरेका हुन्। सो कारबाहीका क्रममा अरु ७० जना लडाका पक्राउ परेका र कैयौं हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ।

यहाँको सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार यहाँको उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा यहाँका सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको बताइएको हो।

यसक्रममा बोको हरामका केही लडाका घाइते भएका छन् भने ३ सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन्। नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नाकको एक आतंककारी समूहले आतंक मच्चाइरहेको छ। 

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्