Kathmandu Press

सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग

सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो।
सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग

मोगादिसु, कात्तिक ४ : सोमालियाका कम्तीमा पनि ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो।

Hardik ivf

संयुक्त राष्ट्रसंघीय सहायता निकायहरुले सो कुराको जानकारी दिएका हुन्। संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी तथा संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका सोमालियाली उपमहासचिव आदम अब्देलमुल्लाहले सो कुराको जानकारी दिएको हो।

उपमहासचिव आदम र ती निकायहरुले शुक्रबार सो कुराको जानकारी दिए। उनले भएको छ, सोमालियामा दिनप्रतिदिन मानवीय सहायताको खाँचो परिरहेको र यसका लागि विश्वका सहयता एजेन्सीहरुले सहयोगको मात्रालाई थप बढाउनुपर्ने आवश्यकता छ। अन्यथा केही महिनामै यहाँको अवस्था निकै नाजुक हुनेछ।

उनले यहाँ खाद्यान्नको अभाव भएको, जसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको, कतिपय स्थानमा त औषधिको आपूर्ति पनि आवश्यक मात्रामा गर्न नसकिएको पाइएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन्।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्