Kathmandu Press

स्थानीयद्वारा मेलौली नगरपालिकामा तालाबन्दी

स्थानीयद्वारा मेलौली नगरपालिकामा तालाबन्दी

बैतडी, कात्तिक ४ : पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ। अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउन खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन्। 

स्थानीय दशरथ नायकका अनुसार पालिकाको जननिर्वाचित प्रतिनिधि पुरानो ठाउँमा अस्पताल निर्माण गर्ने निर्णयमा नपुग्दासम्म तालाबन्दी नखुल्ने बताए। अस्पताल निर्माणका लागि जग्गादान गर्ने जग्गादाता र अन्य स्थानीयले तालाबन्दी गरेका बताइएको छ। बिठ्ठनेमा अस्पताल निर्माण गर्न १५ रोपनी जग्गादान भसकेपछि पनि अन्यत्र सार्न खोजिएपछि आक्रोशित स्थानीयले नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा, शिक्षा शाखालगायतका अन्य शाखामा तालाबन्दी गरेका हुन्। 

Hardik ivf

नगरपालिकाकाले भने दुई स्थानमा जग्गादान गरेकाले दुवै ठाउँमा बनाउनुपर्ने माग गरेपछि विवाद आएको जनाएको छ । वडा नं १ र ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भए पनि कुन ठाउँमा बनाउने निर्णय भने भइनसकेका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिए।  

सङ्घीय सरकारले विसं २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन । वडा नं ७ का बासिन्दाले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली रहेकै स्थानमो अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । तालाबन्दी गर्ने पक्षसँग छलफल गरेर तालाबन्दी खुलाउने तयारी भएको उहाँको भनाइ छ । नगरपालिकामा तालाबन्दी हुँदा सम्पूर्ण सेवा ठप्प छन्। 

प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्