Kathmandu Press

अमेरिकाको डालासमा बाजेको सेकुवाको १४ औं शाखा सञ्चालनमा

काठमाडौं, मंसिर २७  : लोकप्रिय रेष्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १४ औं शाखा अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सञ्चालनमा आएको छ।

लो....

अमेरिकाको डालासमा बाजेको सेकुवाको १४ औं शाखा सञ्चालनमा

काठमाडौं, मंसिर २७  : लोकप्रिय रेष्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १४ औं शाखा अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सञ्चालनमा आएको छ।

लोकप्रिय नेपाली गायक शिव परियारको सांगीतिक कार्यक्रमबीच शुक्रबार नयाँ शाखाको समुद्घाटन गरिएको हो। टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली मौलिक स्वाद मन पराउने विदेशीलाई लक्षित गर्दै शाखा विस्तार गरिएको बाजेको सेकुवाका अप्रेशन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए।

अप्रेशन प्रमुख तिमल्सिनाका अनुसार बाजेको सेकुवाले अमेरिकामा आफ्नो ट्रेडमार्क दर्ता गराई लाइसेन्स मोडेलमा उक्त शाखा सञ्चालनमा ल्याइएको हो। 

नयाँ शाखामा नेपाली र विदेशी गरी कम्तिमा २५ जनाले रोजगारी पाएका छन्। यसअघि अमेरिकाको न्यूयोर्कमा लाइसेन्स मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। डालास लगत्तै अष्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तारको प्रक्रिया अगाडि बढिसकेको तिमल्सिनाले बताए। 

नेपालमा नेपालगञ्ज, विराटनगर र चितवनको मुग्लिनमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको छ। भर्खरै भक्तपुरको गठ्ठाघर र ललितपूरको कुमारीपाटीमा पनि बाजेको सेकुवाका शाखाहरु सञ्चालनमा आएका छन्।

काठमाडौंको सिनामंगलबाट चार दशकअघि सुरु भएको बाजेको सेकुवा रेष्टुरेन्ट अन्तर्गत उपत्यका बाहिर तीन, अमेरिकामा दुईसहित १४ वटा रेष्टुरेन्ट सञ्चालनमा छन्।

विदेशमा पनि शाखा विस्तार गर्दै नेपाली मौलिक स्वादका माध्यमले नेपाललाई विश्वसामू चिनाउने कम्पनीको लक्ष्य रहेको अप्रेशन प्रमुख तिमल्सिनाले जानकारी दिए।
 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, मंसिर २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्