Kathmandu Press

३५ दिनभित्र पशुपति धर्मशालाको मापदण्ड विपरीतका संरचना हटाउन सूचना

मारवाडी सेवा समिति नेपाल, गौशाला धर्मशाला संचालक समितिले धर्मशाला सञ्चालन उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा त्यस विपरित भएको भन्दै संरचना हटाउन सूचना जारी गरिएको जनाइएको छ। 
३५ दिनभित्र पशुपति धर्मशालाको मापदण्ड विपरीतका संरचना हटाउन सूचना

काठमाडौं, कात्तिक ४ : पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई ३५ दिनभित्र मापदण्ड विपरीतका संरचनाहरु हटाउन सूचना जारी गरेको छ। 

शुक्रबार (४ कात्तिक) एक सूचना जारी गर्दै क्षेत्र विकास कोषले समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाईएकोले संरचना हटाउन निर्देशन गरेको हो। 

मारवाडी सेवा समिति नेपाल, गौशाला धर्मशाला संचालक समितिले धर्मशाला सञ्चालन उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा त्यस विपरित भएको भन्दै संरचना हटाउन सूचना जारी गरिएको जनाइएको छ। 

‘मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई मिति २०७९ ०६ २६ गतेको पत्रबाट गौशाला धर्मशाला सञ्चालन उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा त्यस समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाईएकोले सम्झौता र मापदण्ड विपरितका संरचनाहरु ३५ (पैतिस) दिन भित्र हटाउन यो सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ।’

प्रकाशित मिति: ०७:३६ बजे, शुक्रबार, कात्तिक ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्